शेयर बजार २८ अंकले बढ्यो !

अर्थबिट २०८२-१०-२८ ०३:३७:०० बजे

काठमाण्डौ । बुधबार शेयर बजार २८ अंकले बढेको छ ।

मंगलबार साँझ सेबोनले ब्रोकरद्वारा प्रवाह हुने मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका स्वीकृत गरेको खबरले बुधबार सुरुवाती चरणमा २८ अंकले बढ्दै इन्ट्राडेमा परिसूचक २६ सय ९० सम्म पुग्यो । उक्त क्षेत्रमा नाफा सुरक्षित गर्न बिक्री दबाब परेसँगै त्यसपछि २६ सय ६५ हुँदै अन्तिम कारोबार सत्रतिर २६ सय ५७ सम्म ओर्लियो । अन्तमा  २६ सय ६२ मा बजार बन्द हुन पुग्यो । 

बुधबार बजार स्थिर हुँदा ८.६९ अर्बको शेयर खरिदबिक्री भएको थियो । ११३ कम्पनीको भाउ उकालो लाग्दा १३ कम्पनीको स्थिर र १३३ कम्पनीको शेयरभाउमा भने गिरावट आयो । 

बजार २५ सय आसपासबाट उक्लिएपछि अहिले मध्यम अवधिको रिकभरी ट्रेण्डमा छ । हालै २८ सय आसपासबाट रिजेक्सन गरेको बजारले २६ सय ६० को सपोर्ट जोनमा पुलब्याक गरिरहेको छ । 

बजारमा हल्का करेक्सन र साइडवेज देखिन्छ । 

बजार उकालो लाग्दा भोल्युम उच्च थियो । बजारको गिरावटमा भोल्युम छैन । बजारका प्यानिक सेलिङ्ग नभई सामान्य नाफा सुरक्षित गरेको देखिन्छ । 

बजारले २६ सय ५० आसपासलाई सपोर्ट बनाएको छ । रेसिस्टेन्स लेभल भने २७ सय रहेको छ । 

बजार केही दिन २६ सय ४० देखि २७ सय २० वरिपरि घुम्ने सम्भावना छ । २६ सय ४० बाट बाउन्स आउने प्रबल सम्भावना छ । 

यदि बजार २७ सय २० माथि दैनिक क्लोजिङ्ग हुन सक्यो भने २८ सयसम्म पुग्ला । तर २६ सय ४० लाई ब्रेकडाउन गर्यो भने चाहिँ बजार सीधै २५ सय ८० सम्म झर्नसक्छ । 

अल्पकालका लागि २६ सय ५० आसपास शेयर खरिद गर्न उपयुक्त हुनेछ । २७ सय २० माथिको ब्रेकआउटमा थप शेयर किन्न सकिन्छ । तर २६ सयको लेभललाई स्टपलस राख्नुपर्नेछ । 

बजार अहिले पूर्ण रुपमा वियरिस होइन । यो त केबल र्यालीपछिको करेक्सन फेजमा छ । 

 

चेतावनी – यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान – यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।