मंगलबारदेखि बजारमा देखिनेछ सकारात्मक लय

अर्थबिट २०८२-१०-२६ ०७:१६:०० बजे

काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अंकले घटेको छ ।

शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार बजार परिसूचक २६.०५ अंकले घटेको हो । परिसूचक घटेसँगै आइतबारको तुलनामा टर्नओभर  पनि घटेकोे छ । 

आइतबार २ करोड ६२ लाख ३६ हजार २०४ कित्ता शेयर ११.६६ अर्ब रुपैयाँ हाराहारीको कारोबार भएको थियो । सोमबार २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १०.७७ अर्ब हाराहारीको कारोबार सम्पन्न भयो । 

यो दिन २१२ कम्पनीको शेयर भाउ घट्दा ६ कम्पनीको स्थिर भई ४२ कम्पनीको मात्रै बढेको थियो । 

ट्रेडिङ्ग उपसूचक बाहेक बाँकी १२ वटै उपसमूहका सूचक राताम्मे भएको थियो । 

आइतबार बजार २६ सय ७२ मा बन्द भएको थियो ।

अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेका छन् । गत जनवरीमा बढेको बजार फेब्रुअरीदेखि भने घट्न थालेको छ । 

कारोबार रकम अस्थिर देखिन्छ । कहिले ८ अर्ब मुनि त कहिले १० अर्बमाथि कारोबार भइरहेको बजारमा लगानीकर्ताहरुले अनिश्चितता देखिरहेका छन् । 

चुनावसम्बन्धी आशा र राजनीतिक खबरले बढाएको बजार बढाएको थियो । तर हाल निर्वाचन नजिकिँदै जाँदा उत्साह कम हुँदै गइरहेको देखिन्छ । जसले छोटो समयमा बुलिसको गति केही कम गर्ने सम्भावना रहन्छ । 

बजारले २६ सय ५० लाई सपोर्ट लेभल बनाएको देखिन्छ । यसभन्दा तल गए बजारमा झन् तीव्र गिरावट आउने देखिन्छ । 

बजार २७ सय ५० तिर जान सक्यो भने २८ सय पुग्नसक्छ । यो विन्दू पनि तोडेर माथि जान सकेमा भने नयाँ उचाईतर्फ जाने प्रबल सम्भावना छ । 

बजार २६ सय ५० माथि रहन्छ भने बुलिस ट्रेण्ड कायमै रहेको बु्झ्नुपर्दछ । तर उक्त सपोर्ट पनि ब्रेकडाउन गरेमा भने बजार तल झर्ने जोखिम रहन्छ ।

यदि लगानीकर्ताहरुको उत्साह र कारोबार रकम बलियो भयो भने बजार २७ सय ८० सम्म जानसक्छ । 

बजारमा नयाँ पैसा भित्रिएको खबर, सूचीकृत कम्पनीहरुको राम्रो समाचारले समेत बजार बढ्ने अवस्था आउनसक्छ । 

यदि कारोबार कमजोर र बिक्रेताको दबाब कायम रहेमा भने बजार २५ सय ८० सम्म झर्न सक्छ । निर्वाचनपूर्व उत्साह कम हुँदै जानु, नाफा सुरक्षित गर्न ध्यान दिनुलगायतका कारण बजारले थप ओरालो गति समाउने सम्भावना रहन्छ । 

राजनीतिक खबर, दैनिक कारोबार रकम, प्रमुख सेक्टरहरुको सहभागिताले बजारको वास्तविक गति समाउनसक्ला । 

चेतावनी – यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान – यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।