हाइड्रोपावर कम्पनीको बोनसमा विद्युत् नियमन आयोग र नेप्सेको लगाम

अर्थबिट २०८२-१०-२५ ०९:११:०० बजे

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्न अनिवार्य रुपमा विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनुपर्ने भएको छ । आयोगले यही सातादेखि कडाईपूर्वक यो नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

अबदेखि हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्दा विद्युत् नियमन आयोगको अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने भएको छ । 

हाइड्रोपावर सेक्टरको नियमन गर्दै आएको आयोगले अघिल्लो साता नेपाल स्टक एक्सचेञ्जसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पत्र लेखेपछि यो विषयको खुलासा भएको हो ।

हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्दा विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिएर मात्रै बुक क्लोजको मिति तय गर्नुपर्ने नयाँ व्यवस्था कार्यान्वयन गर्नका लागि आयोगले नेप्सेसँग समन्वय गर्न अनुरोध गरिसकेको छ  । 

यता नयाँ नियम कडाईपूर्वक कार्यान्वयनका लागि नेप्सेले पनि सूचीकृत सबै हाइड्रोपावर कम्पनीहरुलाई सचेत गराउने भएको स्र्रोत जिकिर गर्छ । 

स्रोतका अनुसार हाइड्रोपावर कम्पनीहरुले विद्युत् नियमन आयोगको स्वीकृति लिएपश्चात् बुक क्लोज मिति तय गर्न गराउन लागिएको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।