अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा

अर्थबिट २०८२-१०-२५ ०३:३७:०० बजे

काठमाण्डौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा।लि।ले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ।

‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन्। कम्पनीले यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत सीमित अवधिका लागि मात्र २४.९९ लाख रुपैयाँ कायम गरेको छ। यो सबै नयाँ टियागो इभिमा लागु हुनेछ। 

नयाँ प्रविधि र आधुनिक जीवनशैली सुहाउँदो सवारी साधन रोज्न चाहने ग्राहकहरूका लागि यो योजना एउटा उत्कृष्ट अवसर हुने कम्पनीको विश्वास छ। विशेष गरी सहरको भिडभाडमा सहज यात्रा सुनिश्चित गर्ने र कम सञ्चालन खर्चका कारण टियागो इभी युवा पुस्ता र नयाँ जोडीहरू माझ लोकप्रिय बन्दै गएको छ।

टाटा टियागो इभी आफ्नो प्रिमियम फिचर्स, सहरका सडकका लागि उपयुक्त साइज र उत्कृष्ट कार्यक्षमताका कारण नेपाली बजारमा निकै रुचाइएको मोडल हो। सिप्रदीका अनुसार यो विशेष मूल्य आगामी फेब्रुअरी १४ सम्म मात्र लागू हुनेछ। इच्छुक ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई यस अफरको लाभ लिन सक्नेछन्।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।