अविरल बर्षा तथा बाढी पहिरोका कारण बीमितहरूलाई हालसम्म कति भयो भुक्तानी ?

अर्थबिट २०८२-०९-१७ ०६:०७:०० बजे

काठमाण्डौ । देशमा गत असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७९९ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ४ अर्ब १९ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल २०९ वटा दाबीको कूल दाबी रकम करिव रू. १९ करोड ६४ लाख बीमितहरूलाई भुक्तानी भएको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१९ वटा प्रारम्भिक दाबीको प्रारम्भिक दाबी रकम करिव रू. ३ अर्ब ५८ करोड ५४ लाखमध्ये कूल ५३ वटा बीमा दाबीको करिव रू. १६ करोड ४४ लाख र इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिव रू. ५२ करोड ३० लाखमध्ये कूल ९ वटा दाबीको करिव रू. १ करोड ४० लाख बीमितहरूलाई भुक्तानी भएको छ ।

यसैगरी, कृषि तथा बाली बीमातर्फ २१७ वटा प्रारम्भिक बीमा दाबीको करिव रू. ४ करोड १७ लाख प्रारम्भिक बीमा दाबीमध्ये कूल १२७ वटा दाबीको करिव रू. ५० लाख, मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रू. २ करोड ८२ लाख दाबी रकममध्ये कूल १७ वटा दाबीको करिव रू. १ करोड २७ लाख र सामुद्रिक बीमातर्फ कूल ४ वटा प्रारम्भिक बीमा दाबीको करिव रू. १० लाख ६५ हजार प्रारम्भिक बीमा दाबी रकममध्ये कूल ३ वटा दाबीको करिव रू. ३ लाख २७ हजार दाबी रकम बीमितलाई भुक्तानी भएको छ । 

यस्तै, मोटर बीमा (सार्वजनिक) तर्फ कूल १० वटा दाबीको करिव रू. १ करोड १९ लाख र लघुबीमातर्फ कूल २ वटा प्रारम्भिक दाबीको करिव रू. १२ लाख प्रारम्भिक बीमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।