एप्पलका सिइओ कुकको अचानक चीन भ्रमण

अर्थबिट २०८०-०६-३० ०७:५८:०० बजे

बेइजिङ्ग। एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गर्नुभएको छ । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी आएपछि उहाँको चीन भ्रमण भएको बताइएको छ । 

विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले चेङ्दुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर ‘अनर अफ किङ्ग्सका’ युवा खेलाडीहरूलाई भेटेको बताउनुभयो ।  

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टद्वारा प्रकाशित अनलाइन ब्याटल एरेना विश्वको सबैभन्दा बढी खेलिने मोबाइल गेममध्येको एक हो । 

“आज राति ऊर्जा चार्टभन्दा बाहिर थियो”, कुकले लेख्नुभएको छ, “अनर अफ किङ्ग्स यहाँ चेङ्दुमा सुरु भयो र यो अब एप स्टोरमा विश्वव्यापी रूपमा रहेको छ ।”

“यो खेलले नयाँ मानक राख्छ, यो चीन र विश्वभर लोकप्रिय छ”, उहाँले सरकारी अखबार चाइना डेलीलाई भन्नुभयो, “तपाईँ देख्नु सक्नुहुन्छ खेलप्रति मानिसमा कति लगाव छ र उत्साहित छन्, हेर्दा राम्रो लाग्यो ।”

सन् १९९३ मा एप्पलले पहिलो पटक चीनमा आफ्नो उपस्थिति स्थापित गरेपछि चीनमा स्मार्टफोन, ल्यापटप र उपभोक्ता इलेक्ट्रोनिक्सका सामानहरूको प्रमुख प्रदायकका रूपमा विकसित भएको छ । 

गत मार्चमा बेइजिङ भ्रमणका क्रममा एप्पलका सीइओ कुकले आफ्नो कम्पनीले चीनसँग ‘पारस्परिक’ सम्बन्ध कायम गरेको बताउनुभएको थियो । तर गत वर्ष चीनको शून्य कोभिड नीतिका कारण एप्पलका कारखानामा उत्पादनमा भएको कमीले विक्रीमा प्रभावित हुँदा हालैका वर्षमा एप्पलले चीनमा सङ्घर्ष गर्नुपरेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।