काठमाण्डौ । नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले आ.व. २०७९र८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार रुपैयाँको १० प्रतिशत का दरले हुने बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुनेछ ।