काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर बाँडफाँड कार्य सम्पन्न भएको छ ।
कुल ६,४३,२९३ जना कायम साधारण शेयरधनीहरुबाट ५,१८,९१,००० कित्ता शेयर मध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३,३५,२३० जना शेयरधनीहरुबाट जम्मा ३,४८,९७,३९६.३४ कित्ता शेयरका लागि दरखास्त प्राप्त भएकोमा १,२२२ जना शेयरधनीहरुले जम्मा २५,९२६.३४ कित्ता हकप्रद शेयरको लागि बढी माग गरेको हँुदा उक्त २५,९२६.३४ कित्ता शेयर बाँडफाँडमा समावेश नगर्ने गरी कायम शेयरधनीहरुलाई हक अनुसार ३,४८,७१,४७० कित्ता हकप्रद शेयरको बिहीबारका दिन निष्काशन कम्पनीको कार्यालय ज्ञानेश्वरमा नियामक निकाय, निष्काशन कम्पनी, निष्काशन तथा विक्री प्रबन्धकहरुको उपस्थितिमा बाँडफाँड कार्य सम्पन्न भएको हो ।
नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सन्राईज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको एक शेयर बराबर एक शेयर (१ः१) का दरले प्रति शेयर रु.१०० अंकित दरको १०,५९,००,००० कित्ता हकप्रद साधारण शेयर गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म साबिक शेयरधनीहरुलाई निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।