बुधबार शेयर बजार के होला ?

अर्थबिट २०८०-१०-०३ ०९:३७:०० बजे

काठमाण्डौ । यो साताको शेयर कारोबार भएका दुवै दिन आइतबार र मंगलबार नै सकारात्मक देखियो ।  पहिलो दिन गत आइतबार नेप्से परिसूचक ३१.६२ अंकको वृद्धिका साथ ५.४५ अर्ब रुपैयाँ कारोबार सम्पन्न भयो । सोमबार सार्वजनिक बिदा भई हिजो मंगलबार खुलेको बजारमा नेप्से ५४.५४ अंकले वृद्धि भई ८.०२ अर्ब रुपैयाँ शेयर कारोबार भयो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।

तिलक कोइराला :

लगानीकर्ताहरुमा उत्साहको वातावरण देखिन्छ । सबै कुराले आधार समेत दिइरहेका छ । राम्रा कम्पनीमा लगानी थप वृद्धि गर्दै जाने मेरो चाहिँ सोच छ । जोखिम व्यवस्थपान गर्दै सेक्टरवाइज मुभमेन्ट गर्र्दै अगाडि बढ्नु उपयुक्त भन्ने मेरो व्यक्तिगत बुझाइ हो ।  

राजेन्द्र भट्टराई :

यसपटक बजारको बाउन्स अलिक फरक देख्दैछु । हाइड्रो सेक्टरमा ब्रेक लगाएर करेक्सन हुन्छ कि भन्ने मेरो अनुमान हो । त्यसपछि अर्को सेक्टरमा मुभ पनि हुनसक्ला जस्तो लाग्दछ । यदि अर्को सेक्टरले २२ सय ब्रेकआउट दियो भने बजार बुलिस चरणमा प्रवेश गरेको भन्न सकिन्छ । यद्यपि म अलिक अलमलमै छु । बजार आज बुधबार २२ सय कट्ला कि नकट्ला भन्नेमा द्विविधामा छु ।  

ऋषिराम गौतम :

सबै कुरा पोजिटिभ हुँदै गइरहेको छ तर अन्य व्यावसायिक गतिविधिबाट मुनाफा नदेखेकाले शेयर बजार क्षेत्रमा नै हाल लगानी गर्दा मुनाफामा लगानीकर्ताको आकर्षण देखिन्छ । बजार धेरै तल आएकाले समेत लगानीकर्ताहरुको सहभागिता र आकर्षणले बजार थप बढ्ने मेरो अनुमान हो । सबै लगानीकर्ता र म स्वयंको बजार प्रति पोजिटिभ सेन्टिमेन्ट भएकाले आज बजार बढ्छ नै जस्तो लाग्छ । 

 

नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।