स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

अर्थबिट २०८०-१०-०५ ०७:०७:०० बजे

काठमाण्डौ । राजस्व अनुसन्धान विभागको टोलीले काठमाण्डौको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राजस्व अनुसन्धान विभागको टोलीले करिब रु दुई करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ ।”

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ । बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुङ्गानाले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।