साताको पहिलो दिन आज शेयर बजार के होला ?

अर्थबिट २०८०-१०-०७ ०७:४३:०० बजे

काठमाण्डौ । गत साताको बिहीबार नेप्से परिसूचक ७.२४ विन्दूले घटेर २२ सय ५५ दशमलव ८४ विन्दू कायम हुन पुगेकोमा ८.१७ अर्ब रुपैयाँ हाराहारी शेयर कारोबार भएको थियो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेको छ । 

पवित्र ज्ञवाली सिग्देल

आज आइतबार सुरुको पहिलो घण्टा बजारमा करेक्सन देखिए तापनि अन्ततः बजार बढ्छ । बिहीबारको बिक्री चाप आज आइतबारको पहिलो घण्टामा निरन्तरता पाउँछ । मार्केट लाइभमा विभिन्न सामाजिक सञ्जालमार्फत लगानीकर्ताहरुलाई दिग्भ्रमित  बनाउने कार्यहरु हुनसक्छ जसबाट सजग हुन नयाँ लगानीकर्ता साथीहरुलाई आग्रह गर्दछु ।

पूजा सापकोटा भट्टराई

आज फस्र्ट आवर बजार घटेर त्यसपछि चाहिँ बजार बढ्छ जस्तो लाग्दछ । चौतर्फी सकारात्मक माहौल भएकाले बजार माथि नै जाने मेरो अनुमान हो । तल ओरालो झर्ने क्रम रोकिएर माथि उकालो नै लाग्ने आंकलन गर्न सकिन्छ । मेरो विचारमा घट्दै गइरहेको ब्याजदर,अधिक तरलता,राष्ट्र बैंकको केही लचकता आदि कारणले बजार बढ्नु नै पर्ने हो जस्तो लाग्छ । 

अनु शर्मा

पछिल्लो समय बजारलाई कारोबारले समेत बलियो साथ दिइरहेको कारण नेप्से परिसूचक माथि नै जाने मेरो अपेक्षा छ । आज चाहिँ इन्ट्रा डे करेक्सन हुँदै बजारले उकालै गति लिन्छ कि जस्तो लाग्छ ।  बजारमा सकारात्मक समाचारको साथ पनि छ । अन्यत्र लगानी गर्नेहरु पनि हिजोआज शेयर बजारमा प्रवेश भइरहेको देखेकी छु जसले गर्दा पनि बजारले थप सकारात्मक लय समात्ने मेरो अनुमान छ ।  

 

 

नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।