“बिना ढेउवा शेयर किनबेच गर्दा बजार ओरालो लाग्यो”

अर्थबिट २०८०-१०-०९ ०८:२४:०० बजे

काठमाण्डौ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखियो । नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम हुँदा ६.३६ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको थियो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।

वसन्त नेपाल

आज मंगलबार नेप्से परिसूचक सानो अंकले भए पनि सकारात्मक हुन्छ भन्ने मेरो विश्लेषण छ । अधिकांश उधारो शेयर किनबेच हुने भएकाले कारोबार राफसाफ गर्नका निम्ति बिक्री हावी भएको हो । बिना ढेउवा शेयर खरिद गर्ने र प्रफिट बुकको चटारोले बजारमा केही दिन करेक्सन भएको हो । आज बिहान पहिलो सत्रमा बजार केही घटेपनि अन्तिममा बजार मािथ नै जाने मेरो आङ्कलन छ । अहिले डराई हाल्ने अवस्था भने हुँदै होइन । 

दीपक अधिकारी 

मौद्रिक नीतिको समीक्षा नआउन्जेलसम्म बजार खासै माथि जाँदैन कि जस्तो लाग्छ । सानातिना करेक्सन भएर नेप्से २ हजार विन्दूसम्म पो आइपुग्छ कि जस्तो लाग्छ । मेरो विचारमा चाहिँ बजारले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नै कुरेको हो । 

रोशन केसी

नेप्से १८ सयदेखि २२ सय विन्दूसम्म जाँदा ब्रोकरकै लिमिटले टेवा पाएको हो । बजारमा खासै नयाँ पैसा आएको छैन । तीव्र उत्तारचढावका बीच आज मंगलबार बजार चाहिँ झिनो अंकले सकारात्मक होला भन्ने मेरो अनुमान छ । अबको घटाईमा शेयर किन्दा चाहिँ फरक नपर्ला । हल्ला र लहैलहैमा भने शेयर खरिदबिक्री नगर्न नयाँ तथा साना लगानीकर्ताहरुलाई आग्रह गर्दछु । 

 

नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।