रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्यालीको नयाँ शेयरमूल्य निर्धारण, भोलि कतिमा खुल्दैछ ?

अर्थबिट २०८०-१०-१४ ०४:५२:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड(आरएनएलआई) र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(एएचपीसी) को मूल्य समायोजन गरेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेसँगै नेप्सेले आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन इन्स्योरेन्सको १६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् इन्स्योरेन्सको शेयरमूल्य रु.४९७ दशमलव ८४ कायम गरिएको छ । त्यसैगरी नेप्सेले यसै दिन अरुण भ्यालीको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् अरुण भ्यालीको शेयरमूल्य रु.१९० दशमलव १० कायम गरिएको छ । 

नेप्सेले आजको कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्स र अरुण भ्यालीको शेयरमूल्य समायोजन गरेको हो । आज कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता रु.५७७ दशमलव ५० र अरुण भ्यालीको शेयर प्रतिकित्ता रु.२८० दशमलव २० मा अन्तिम कारोबार भएको थियो । 

यही समायोजित मूल्यका आधारमा भोलि दोस्रो बजारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड(आरएनएलआई) र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(एएचपीसी)को कारोबार खुल्नेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।