“आज पनि बजार पक्कै बढ्छ”

अर्थबिट २०८०-१०-१६ ०९:१६:०० बजे

काठमाण्डौ । हिजो सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा १० दशमलव २६ अङ्कको सुधार देखियो । नेप्से परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेर दुई हजार १०४ दशमलव ७२ विन्दूमा कायम हुँदा ४.५६ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको थियो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।

सुन्दर पाण्डे

आज मंगलबार पनि मार्केट बढ्छ । मेरो आङ्ककलनमा परिसूचक बढ्ने तर कारोबार रकम हिजोभन्दा केही न्यून हुनसक्नेछ । आज बजारमा हाइड्रोले लिड गर्ला । पूँजीवृद्धिको विषयले एनआरआईसी र एचआरएलको सर्वाधिक कारोबार होला 

माधव पाण्डे

आज मार्केट चाहिँ बढ्छ नै जस्तो लाग्छ । पछिल्लो समयमा नेप्से २२ सय पुगी बजारमा करेक्सन भइसकेको अवस्था छ । कारोबार रकमले समेत पछिल्लो समय साथ दिइरहेको र बजारमा सकारात्मक माहौल बन्दै गइरहेका कारण नेप्से बढ्ने मेरो अनुमान हो । 

सुशिल श्रेष्ठ

नेप्से २१ सय विन्दूको मनोवैज्ञानिक विन्दू पार गरेको अवस्थामा छ । आज चाहिँ नेप्से परिसूचकमा सुरुवाती ताका झिनो अंकको गिरावट आई अन्तिम समयमा  पुन: बढेर बन्द हुने मेरो अनुमान छ । 

 

 

नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।