यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान, बुक बिल्डिङ्गमार्फत शेयर समेत जारी गर्ने तयारी

अर्थबिट २०८०-१०-१९ ११:१०:०० बजे

काठमाण्डौ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई  ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ ।

दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्का प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमान सात पुगेको छ । आज थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एकसाताभित्रै विमानले उडान गर्ने जनाइएको छ । 

एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले यति एयरलायन्सको ४९ प्रतिशत शेयर स्वामित्व लिएको छ । नयाँ साझेदारका रुपमा एशियन लाइफ भित्रिएसँगै १ वर्षभित्र ५ वटा नयाँ जहाज किन्ने योजना मुताविक नै हिजो २ वटा जहाज थपिएका हुन् । यसैबीच यति एयरलाइन्सले समेत ६ महिनाभित्रै बुक बिल्डिङ्गमार्फत शेयर जारी गर्ने तयारीसमेत गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।