काठमाण्डौ । सोमबार नेप्से परिसूचकमा १४ दशमलव ५७ अङ्कको गिरावट देखियो । नेप्से परिसूचक ० दशमलव ७० प्रतिशतले बढेर दुई हजार ७६ दशमलव २७ विन्दू कायम हुँदा २.४३८ अर्ब रुपैयाँ मात्रै शेयर कारोबार भएको थियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
हेमन्त सुवेदी
आजको बजार चाहिँ माथि नै उचालिने सम्भावना देख्छु । हिजो सोमबार झिनो अंकले बजार उचालिएपछि सेन्टिमेन्ट पोजिटिभ हुँदा बजारले सकारात्मक लय समाउने मेरो अनुमान हो । बजार पूँजीकरण ठूला भएका कम्पनीहरुमा देखिएको आक्रमक खरिद चापले परिसूचक उकालो नै लाग्ला । प्राविधिक रुपमा बजार सपोर्टमा रहेकाले समेत नेप्से परिसूचक बढ्ने नै मेरो चाहिँ अपेक्षा हो ।
सिर्जना सुवेदी
आज बजार ग्रीनजोनमा नै बस्ने मेरो आङ्कलन छ । बजारमा लगानीकर्ताहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइमा बसेका छन् । लगानीकर्ताहरु नियामक निकायबाट सकारात्मक निर्णय होला भन्न प्रतीक्षामा बसिरहेका छन् ।
सन्तोष बस्नेत
मेरो विचारमा बजार नबढी सुखै छैन । बजार बढाईले आज पनि निरन्तरता पाउला भन्ने मेरो अनुमान छ । आउँदै गरेको मौद्रिक नीतिको समीक्षामा सकारात्मक सम्बोधनले बजारलाई माथि उचाल्ने हामी लगानीकर्ताहरुको आशा छ । हाल अन्य क्षेत्रमा मन्दीको गहिरो प्रभाव परेसँगै अब सहज र सुरक्षित चल्नसक्ने एउटै क्षेत्र भनेको पूँजीबजार हो भन्ने मेरो बुझाइ छ ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।