मौद्रिक नीतिको समीक्षाले शेयर बजार बढाउला ?

अर्थबिट २०८०-११-०१ ०९:११:०० बजे

काठमाण्डौ । सोमबार नेप्से परिसूचकमा १५ दशमलव ३३ अङ्कका वृद्धि भयो । नेप्से परिसूचक ० दशमलव ७३ प्रतिशतले बढेर दुई हजार १ ० १ दशमलव १६ विन्दू कायम हुँदा ३.५९ अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो । यसैबीच हिजो साँझ नै नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासमेत गरेको छ । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ । 

पिताम्बर गौतम

अरु समयमा वित्तीय तथा मौद्रिक नीति सार्वजनिक भएपश्चात् बजारमा गिरावट देख्ने गरिएको छ । सोमबार सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थाहरुले शेयर बजारमा लगानी गर्न पाउने व्यवस्था सहज बनाउने तथा शेयरधितो कर्जामा रहेको सीमा खुकुलो हुने अपेक्षा लगानीकर्ताले राखेका थिए तर प्रकाशित समीक्षामा त्यस्तो कुनै पनि व्यवस्था गरेको देखिदैन । 

प्राविधिक रुपमा समेत बजारले २१ सयको विन्दू तोड्ने पटकपटक प्रयासका बाबजूद सफल भएको देखिदैन । तसर्थ बजारले सानो करेक्सन पश्चात् मात्रै आफ्नो स्वभाविक गतिमा अघि बढ्ने अनुमान गर्न सकिन्छ । 

चेतनाथ लुईटेल

आज मंगलबारको बजार अन्यौल नै हुने मेरो अनुमान छ । सुरुमा बजार अलिअलि गिरावट आएर अन्मिततिर भने सम्हालिने मेरो आङ्कलन हो । मौद्रिक नीतिमा लगानीकर्ताहरुले शेयर धितोकर्जामा रहेको जोखिम भारित औसतमा पुनरावलोकन र संस्थागत लगानीकर्ताहरुलाई लगाइएको सीमामा राष्ट्र बैंक थप लचिलो हुने अपेक्षा थियो । तर यस्तो व्यवस्था नभएका कारण गर्दा बजारमा सन्नाटा छाएको हो कि । यद्यपि लगानीकर्ताहरुले भने सर्कुलरमा आउला कि भन्ने झिनो आशा राखेका छन् ।

आदित्य चापागाईं

आज बजार साइडवेज नै जान्छ । लगानीकर्ताहरुको अपेक्षा अनुरुप मौद्रिक नीतिको समीक्षा आएन । निक्षेपको ब्याजदर मात्रै घटेर म चाहिँ बजार बढ्ने दम देख्दिन । लगानीकर्ताहरुको मनोबल बढाउन सरकारले नै विभिन्न नीतिहरुमार्फत् शेयर बजारलाई सम्बोधन गरे मात्रै बजारले उकालो गति लिने मेरो बुझाइ छ । 

 

 

नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।