लगानीकर्ताको आत्मबल कमजोर बन्दै शेयर बजारमा

अर्थबिट २०८०-११-०३ ०८:४१:०० बजे

काठमाण्डौ । बुधबार नेप्से परिसूचकमा ५ दशमलव नौ एक अंकको सामान्य वृद्धि देखियो । नेप्से परिसूचक ० दशमलव दुई आठ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव पाँच शून्य विन्दू कायम हुँदा सवा ४ अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो ।

गत सोमबार साँझ नै नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको आंशिक प्रभावसमेत सोमबारको बजारमा परेकोमा हिजो भने बजारमा झिनो वृद्धि देखियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ । 

नयन बास्तोला

मोद्रिक नीतिको अर्धवार्षिक समीक्षाले बजारमा पारेको आंशिक प्रभावमा बजारमा सक्किएको छ । त्यसकारण लगानीकर्ताहरुले स्वविवेकमा शेयर लगानी गर्न सुरु गर्नेछन् । यसले बजारमा सकारात्मक माहोल सिर्जना गर्न सघाउ पुर्याउने मेरो बुझाइ छ । आत्तिएर बजार झर्नुपर्ने कुनै त्यस्तो कारण नै थिएन । अब बजार सम्हालिए उकालो नै लाग्ने मेरो आङ्कलन छ । 

प्रवीण अग्रवाल पन्सारी

बजार तत्काल बढ्ने अवस्था देख्दिन । किनकि सबै कम्पनीका रिपोर्टहरु नकारात्मक छन् जसकारण लगानीकर्ताहरुमा आत्मबल नै कमजोर भई बजार अन्योल नै देख्दैछु । यथेष्ट भएको तरलताका कारण उच्च जोखिम लियो भने मात्रै बजार सकारात्मक होला । बजार साइडवेज नै होला जसमा झिनो अंकको मात्र उत्तारचढाव देखिने मेरो अनुमान हो ।  

अजय चापागाईं

बैंकहरुको ब्याजदर घट्दै गएको छ । बैंकको ब्याजदर जति घट्दै जान्छ त्यति नै शेयर बजार बढ्दै जाने हो । १–२ वर्षका लागि इन्भेस्टमेन्ट गर्ने लगानीकर्ताले अहिले शेयर नकिने कहिल्यै नि कमाउन सक्दैनन् । अहिले बुल बजारको लागि कित्ता जोगाउने र किन्ने अवस्था हो ।  इन्भेस्टमेन्ट गर्ने लगानीकर्ताले जति बजार करेक्सनमा जान्छ त्यति नै शेयर थप्दै जाने हो । बजारमा प्यानिक हुनुपर्ने अवस्था छैन । अहिले बैंक इन्डेक्स नै सबैभन्दा तल छ । जो शेयर बजारमा नयाँ छ उसले बैंक आँखा चिम्लेर किन्ने बेला यही हो । अबको बुलमा जुनसुकै बैंक कम्तीमा दोब्बर हुने छन् । ट्रेडिङ गर्नेको लागि भने इन्डेक्स महत्वपूर्ण हुँदै होइन जुनसुकै बेला पनि नाफा बुक गर्न सक्छन् । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि एक दिन बजार घटेर अर्को दिन थोरै अंकले बढेको अवस्था छ । लगानीकर्तामा कन्फिडेन्स अझै देखिएको भने छैन  ।तर शेयर किन्न डराउने बेला होइन । बजारमा किन्ने अवसर सधैँ आउँदैन पनि । बजार भोलि घटेको अवस्थामा आफैँ सँग भएको कम्पनी किन्दै जाने हो । बढेको अवस्थामा बढेको कम्पनी छोडेर बढ्न नसकेको कम्पनी हेर्नु नै मुख्य रणनीति गर्नुपर्ने हुन्छ । हामीले बुलको तयारी गर्न लाई पनि अब विस्तारै किन्न पर्छ । बजार हतोत्साहित हुनुपर्ने अवस्थामा छैन । मेरो विचारमा आजको बजार २१ सय माथि नै बन्द हुने अनुमान छ । 

 

 

 

नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।