धरान एक्स्पोमा आज मेलिना राई आउने

अर्थबिट २०८०-११-१३ १४:५०:०० बजे

धरान । नेपालकी चर्चित गायिका मेलिना राईले आज धरान एक्स्पोमा प्रस्तुति दिने भएकी छन्  ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज मेलिनाले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

मेलिनाको ‘कम्मरमाथि पटुकी’, ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीत चर्चित छन् । उनी नेपाली साङ्गीतिक क्षेत्रमा निरन्तर साधना गरिरहेकी छन् ।

साँझ ६ बजे देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा मेलिनासँगै स्थानीय कलाकार र समूहको प्रस्तुति रहनेछ ।

स्थानीय पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको धरान एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सयवटा स्टल अवलोकन गर्न सकिनेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।