काठमाण्डौ । आइतबार नेप्से परिसूचकमा ११ दशमलव सात आठ अंकको गिरावट देखियो । नेप्से परिसूचक ० दशमलव पाँच नौ प्रतिशतले घटेर १ हजार ९६० दशमलव तीन शून्य विन्दू कायम हुँदा २.०८ अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
बिबेक अधिकारी
राजनीतिक खिचातानीको प्रभाव शेयर बजारमा पनि परिरहेको छ । हिजो बजार बाउन्स ब्याक हुन खोजिरहेकोमा उत्पादन सेक्टरमा प्रफिट बुक भयो । बैंकिङ्ग उपसमूहको सुचक १२ सय ४० विन्दूबाट १ हजार ५४ मा ओर्लिसकेको छ । चौतर्फी रुपमा बैंकिङ्ग क्षेत्रमै परिरहेको नकारात्मक प्रभावका कारण धितोपत्र बाजरमा बैंक उपसमूहको बिक्री चाप अबका दिनमा कम पर्ने र सूचक सुधार हुने मेरो अनुमान हो । आज सोमबारबाट बजार सुधार हुने मेरो आङ्कलन छ ।
प्रकाश सापकोटा
हिजो पनि बजार लगभग फर्किसकेको थियो । तर आजदेखि चाहिँ बजार सुधार होला भन्ने मेरो अपेक्षा छ । नेप्से परिसूचक गिरावटसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यसमेत निकै कम हुँदै गइरहेको अवस्था छ । तथापि आज सोमबारदेखि चाहिँ बजार सुधार हुने मेरो आङ्कलन हो । बजार ड्राई हुँदै जानु र प्यनिक बिक्री चाप समेत कम हुँदै गएका कारण यही विन्दू आसपासबाट बजार फर्किने मेरो बुझाई छ ।
बिष्णु पौडेल
पछिल्लो अवस्था हेर्ने हो भने शेयर बजारमा राजनीतिक प्रभाव परिरहेको छ । अहिलेसम्मकै अवस्था रहयो भने चाहिँ बजार केही अंकले सुधार हुने मेरो अनुमान हो । बजार थप नघट्ला यदि घटिहाले पनि नेप्से २ हजार ८० पुगेपछि मात्रै ओर्लिएला । तर आज सोमबार भने बजार सुधार नै हुने मेरो अपेक्षा छ । मन्त्रिपरिषद् पुर्नगठन भयो भने चाहिँ शेयर बजार प्रभावित हुनसक्ला ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।