धरान । झापा गोल्ड कप विजेता एपीआई पावर चर्च बोइज युनाइटेड धरानमा जारी बुढासुब्बा गोल्ड कपको मंगलबार अन्तिम क्वाटर फाइनल खेलमा पराजित हुँदा बुढासुब्बा गोल्डकपको साविक उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमी फाइनलमा पुगेको छ ।
मंगलबार भएको ट्रेनिङ सेन्टरले १–० अन्र्तरमा जीत सुनिश्चित गरेको हो । खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरकातर्फबाट अविशेक गुरुङको पासमा आशिष चापागाईंले डिबक्सबाट बललाई गोलको दिशा दिनुभयो ।
दोस्रो हाफको इन्जुरी टाइममा चर्च बोइजले पाएको कर्नर गोलकिपर दीप कार्कीको उत्कृष्ट हेडर दाहिने बार नजिकबाट बाहिरिएको थियो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका चर्च बोइजका सन्तोष खत्री र काँकडभिट्टाका तर्फबाट दोस्रो हाफमा मैदान प्रवेश गरेका निशान लिम्बूले खेल प्रदर्शन गर्न पाएको मौका गोलविहीन हुँदा उल्लेखीय देखिएन ।
जारी बुढासुब्बा गोल्डकपको पहिलो सेमिफाइनल खेल आज बुधबार धरान फुटबल क्लब र साङ्ग्रिला फुटबल एसोसियसन मोरङबीच हुने आयोजकले जनाएको छ ।