धरान । धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा मोरङ फुटबल क्लब प्रवेश गरेको छ ।
बुधबार धरान रंगशालामा भएको सेमिफाइनल खेलमा मोरङ फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराएको हो।
निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । टाइब्रेकरमा धरानका मिलन लिम्बुको प्रहार मोरङ फुटबलका गोलरक्षक पूर्ण चेम्जोङले रोकेसँगै मोरङ फाइनलमा पुगेको हो । पूर्ण म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
मोरङको तर्फबाट सिमोन लिम्बु, धिरेन क्षेक्षी, आदित्य शाक्य, सागर तिर्वा र अशोक खवाशले गोल गर्नुभयो । धरानको तर्फबाट दोर्जे तामाङ, बिजय राई, अनिल राई र सुगम जिमिले मात्र गोल गर्न सक्नुभयो ।
भोलि बिहीबार एनआरटी क्लब काठमाण्डौ र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीचच अर्को सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।