बुढासुब्बा गोल्डकप : शनिबार फाइनलमा एनआरटीले मोरङ फुटबल क्लबसँग खेल्ने

अर्थबिट २०८०-१२-०२ ११:२९:०० बजे

धरान । न्यूरोड टिम (एनआरटी) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

धरान रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एनआरटीले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । फाइनलमा एनआरटीले मोरङ फुटबल क्लबसँग खेल्नेछ । 

टाइब्रेकरमा काँकडभिट्टाका विशाल घलानको प्रहारलाई एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले रोकेपछि एनआरटी फाइनलमा पुगेको थियो । ट्राइबेकरमा एनआरटीका सरोज तामाङ, जय गुरुङ, शिशिर लेखी, मोहित गुरुङ र सनम लिम्बुले गोल गर्नुभयो । काँकडभिट्टाका लागी दिवस उराव, विमल घर्तीमगर, अभिषेक गुरुङ र देवेन्द्र तामाङले गोल गर्नुभयो । 

एनआरटीका सरोज तामाङ म्यान अफ दि म्याच हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । शनिबार हुने फाइनल खेलको बिजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।