सर्वोत्तम सिमेन्टले गर्यो दोस्रो बजारमा कमाल, लगानीकर्ता बने मालामाल

अर्थबिट २०८०-१२-०६ ०९:१७:०० बजे

काठमाण्डौ । धितोपत्र बजारमा सर्वोत्तम सिमेन्ट लिमिटेडको धमाकेदार इन्ट्री भएसँगै लगानीकर्तासमेत मालामाल बनेका छन् । 

बुक बिल्डिङ्गमार्फत् पहिलो पटक शेयर निष्काशन गरेको सर्वोत्तम सिमेन्ट लिमिटेडका लगानीकर्ता मालामाल बनेका हुन् । सोमबार नेप्सेमा सूचीकरण भई आज मंगलबारबाट दोस्रो बजारमा कारोबार भएको सर्वोत्तम सिमेन्ट पहिलो दिन नै नेप्सेद्वारा तोकिएको अधिकतम सीमा अर्थात् प्रतिकित्ता रु.५५६ मा खुल्यो र आज नै १० प्रतिशत शेयरमूल्य वृद्धि भई पोजिटिभ सर्किटसमेत लागेको थियो । जसअनुसार आज मंगलबार कम्पनीको क्लोजिङ्ग मूल्य प्रतिकित्ता रु.६११ दशमलव छ शून्य कायम भयो । 

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ्गमार्फत् सर्वसाधारणले हालसालै प्रतिकित्ता रु.३६० ९० पैसाका दरले शेयर खरिद गरेका थिए । यता सर्वोत्तमको आज पहिलो दिन नै अधिकतम मूल्यमै खुल्दै पोजिटिभ सर्किट लाग्दा मूल्य ६११ रुपैयाँ ११ पैसा पुग्दा लगानीकर्ताले प्रतिकित्ता २५० रुपैयाँ ५१ पैसा पैसा मुनाफा(लाभकर,कमिसनलगायत अन्य शूल्क जोडिएको छैन) कमाउन सफल रहे । प्राथमिक शेयर निष्काशनमा सर्वसाधारणले पाएको न्यूनतम ५० कित्ता शेयरमा १२ हजार ५२५ रुपैयाँ ५० पैसा मुनाफा(लाभकर,कमिसनलगायत अन्य शूल्क जोडिएको छैन) कुम्ल्याए ।  

प्राथमिक शेयर निष्काशनमा कोटामार्फत् पाएको म्युचअल फण्डको ५ प्रतिशत शेयरसमेत ६ महिना अवधिसम्म लक इन हुने भएकाले बजारमा तत्काल उक्त कम्पनीको आपूर्ति आउँदैन । त्यसैगरी योग्य संस्थागत लगानीकर्ताहरुले बिडमार्फत पाएको प्राथमिक शेयरमा समेत ६ महिनाको लक इन हुने गर्दछ । आगामी दिनमा सर्वोत्तम सिमेन्टको शेयरको माग र आपूर्तिले नै दोस्रो बजारमा मूल्य तय गर्ने गर्दछ ।   

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।