इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका स्थित ऐतिहासिक चतराधाममा आगामी चैत्र २७ गते देखि आयोजना हुने एक महिने पूर्ण महाकुम्भ मेलाको तयारी लगभग अन्तिम चरणमा पुगेको जनाइएको छ ।
प्राचीन हरिद्वार चतराघाम १२ – १२ वर्षमा सन्चालन हुँदै आएको पूर्ण महाकुम्भ मेलामा नेपालका विभिन्न्न क्षेत्रहरुबाट नभइ भारत ,अमेरिका,क्यानाडा ,नर्बे बेलायत जस्ता देशहरु बाट पनि भक्तजनहरुको सहभागिता रहने एक कार्यक्रमका बिच नेपालका प्रथम जगत गुरु मोहनशरण देवानाचार्यले बताए।
नेपाल र नेपालिहरुको सान मान सम्मान सङ जोडिएको चतराधाममा लाग्ने कुम्भ मेला विश्वकै पाँचौं कुम्भका रुपमा अन्तर्राष्ट्रिय जगतमा नै स्थापित भएको जानकारी गराए।उक्त महाकुम्भ मेलाको प्रचारप्रसार देश देखि विदेश सम्म गरेको र हजारौंको संख्यामा बिदेशमा बाट पनि भक्तजनहरुको उपस्थिति रहने देवानाचार्यले बताए ।
भारतको छतिसगढ अयोध्या वनारस वृन्द्रावन, दिल्ली ,आन्ध्र प्रदेस,बगाल, विहार आसाम ,सिक्किम दार्जिलिङ आदि क्षेत्रबाट जगदगुरु धर्माचार्य महामण्डलेश्वर सन्त महन्त तथा सरकार दार्जिलिङ आदि क्षेत्रबाट जगदगुरु धर्माचार्य महामण्डलेस्वर सन्त महन्त तथा सरकारका मुख्यमन्त्रीहरु,सांसदहरुको पनि उत्साहजनक उपस्थिति रहने समेत दाबी गरे।
दुई हजारको हाराहारीमा तिनै वटा सुरक्षा निकायको सुरक्षाकर्मी खटाइने र प्राथमिक उपचारका लागि दैनिक रुपमा नोबेल ,बिराट टिचिङ,बिजयपुर हस्पिटल,वीपी प्रतिष्ठान गरी पालै पालो ५ जना डाक्टरले सेवा दिने र दैनिक रुपमा आपतकालीन अवस्थाको लागि २ वटा एम्बुलेन्स तैनाथ राख्ने समेत जानकारी गराए।
तिनै तहको सरकारको समन्वय र सहयोगमा महाकुम्भ मेला आयोजना हुन लागेको हो।
पत्रकार सम्मेलनमा बोल्दै बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्किले १२ वर्ष पछि आयोजना हुन लागेको महाकुम्भ मेलालाइ भब्य रुपमा सप्पन्न गराउन स्थानीय सरकारको हकमा भएका श्रोत र साधनलाइ प्रयोग गर्दै शर्त प्रतिसत सहयोग गर्दै आएको र अझै गर्न आफु तयार भएको प्रतिबद्धता जनाए ।