काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ।
कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४.७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३ सय २८ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशतले हुन आउने ३ करोड २० लाख ३३ हजार ८ सय ५९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसरी कम्पनीले कुल ५ प्रतिशतले हुन आउने कुल ६७ करोड २६ लाख ६० हजार ३ सय ८० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल सरकार र बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा बितरण हुनेछ ।