पशुपति रिन्यूएबल्सले पनि आईपीओ निष्काशन गर्ने, निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

अर्थबिट २०८१-०६-०७ १०:४८:०० बजे

काठमाण्डौ । पशुपति रिन्यूएबल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौता–पत्रमा पशुपति रिन्यूएबल्स लिमिटेडका तर्फबाट अध्यक्ष डा. संदिप शाह तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको छ । नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्काशनको प्रक्रिया अगाडि बढाईने अध्यक्ष संदिप शाहले बताउनु भएको छ । वैकल्पिक उर्जामा लगानी गर्न स्थापना भएको यस कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना र १५ मेगावाटको धरमनगर सोलार फार्म आयोजना II यथाशीघ्र सञ्चालनमा ल्याउने योजनाका साथ तीव्र गतिमा निर्माण कार्य अघि बढाइरहेका छन् । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।