‘सेटलमेन्ट’ कै दिन पैसा र शेयर ट्रान्सफर गर्दै कर्पोरेट ब्रोकर

अर्थबिट २०८१-१०-०२ १२:३०:०० बजे

काठमाण्डौ । नियामकीय निर्देशनको अक्षरशः पालना गर्दै ग्राहकलाई छिटोछरितो र चुस्त सेवा दिन कर्पोरेट ब्रोकरहरु अग्रसर भइरहेका छन् ।

शेयर कारोबारमा टी प्लस २ को कार्यान्वयनमा नियामकीय निर्देशनको अक्षरशः पालना गर्दै ग्राहकलाई छिटोछरितो र चुस्त सेवा दिन कर्पोरेट ब्रोकरहरु अग्रसर भइरहेका हुन् ।

दैनिक शेयर कारोबारको सेटलमेन्ट दोस्रो कार्यदिनमा हुने गर्दछ । शेयर बजारमा समय र नगदको अधिक शक्ति हुने गर्दछ । टी प्लस २ को पूर्ण कार्यान्वयन भएको खण्डमा बजारबाट अवसर छोप्न र घाटा कम गर्नसमेत महत्वपूर्ण भूमिका खेल्दछ । प्रायः ब्रोकरेज फर्महरुबाट ढिलाई भई रहेका सन्दर्भमा ब्रोकर नम्बर ७५ अर्थात् एनआईएमबी स्टक मार्केट्स लि.ले भने सेटलमेन्ट भएकै दिन शेयर बिक्री गरेका ग्राहकको पाउनुपर्ने रकम सोही दिन भुक्तानी गरिरहेको छ । यस्तै शेयर खरिद गरेका ग्राहकको हकमा पनि दोस्रो दिन सेटलमेन्ट भएको दिन नै ग्राहकको डिम्याट खातामा ट्रान्सफर गरेको छ । 

शेयर खरिदबिक्री गरेको दोस्रो दिन सेटलमेन्ट भएपश्चात् ग्राहकको पैसा र शेयर ट्रान्सफर गर्दै एनआएमबी स्टक मार्केट्सकी एक कर्मचारी : 

एनआईएमबी स्टक मार्केट्स लि.का सीओओ युवराज भुसालका अनुसार शेयर कारोबारमा लगानीकर्ताहरुलाई कर्पोरेट सेवा दिइरहेको बताउँछन् । उनका अनुसार भुक्तानी समयमै दिइरहेको दाबी गरे । पुराना ब्रोकरले ३ दिनमात्रै रोक्दा अर्ब रुपैयाँ बढी रोक्का हुनसक्न बताउँदै कर्पोरेट ब्रोकरले आफ्नो गर्नुपर्ने काम र कर्तव्य पालना गरिरहेको उनले बताए । बिक्रीबापतको नगद होस् वा खरिद गरिएको शेयर तुरुन्तै ग्राहकको खातामा पठाउने प्रमुख काम नै ब्रोकरको भएको उनको बुझाइ छ । उनी भन्छन्,“पैसा रोक्का गर्ने काम ब्रोकरको कदापि हैन । ”

‘सेटलमेन्ट’कै दिन पैसा र शेयर ट्रान्सफर गर्दा लगानीकर्ताहरुलाई धेरै फाइदा त हुन्छ नै यसले बजारमा थप तरलता प्रदान गर्नसमेत सघाउ पुर्याउँदछ । 

आज शेयर बजारमा ब्रोकरहरुको उपस्थिति निकै बाक्लो छ जसबाट लगानीकर्ताहरुले चुस्त र अधिक सेवा दिने कर्पोरेट ब्रोकरबाट पनि शेयर किनबेच गर्ने विकल्प सिर्जना भइरहेको छ । कतिपय ब्रोकरले १–२ दिन मात्रै पनि लगानीकर्ताको पैसा भुक्तानी रोकेको खण्डमा ती ब्रोकरले बजारमा पैसा घुमाएर स्वयं कमाउने अवसरमा तल्लीन भेटिन्छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।