शेयर बेचेको २ दिनमै नगद भुक्तानी गर्दैै एनआईएमबी स्टक मार्केट्स

अर्थबिट २०८१-१०-०३ ०६:३१:०० बजे

काठमाण्डौ । शेयर ब्रोकरहरुको नियत तथा विविध कारणले शेयर बिक्रीबापतको रकम पाउन लगानीकर्ताहरुलाई निकै चर्को सास्ती बेहोर्नुपर्ने बाध्यता छ । शेयर खरिद गर्न अग्रिम नगद भुक्तान गरे तापनि सेटलमेन्टकै दिन खरिद गरिएको शेयर डिम्याट खातामा नआउने पनि अर्को आम समस्या बनिरहेको छ । 

नियमतः धितोपत्र कारोबार भएको दोस्रो दिनमा सिडिएससीले कारोबार राफसाफ तथाप फर्छ्यौट गर्ने गर्दछ । राफसाफ हुने दिन दिउँसो १२ बजेदेखि ३ बजेसम्म सेटलमेन्ट(राफसाफ तथाप फर्छ्यौट) भईसकेपछि शेयर किनेकाको हकमा उसको डिम्याट खातामा शेयर क्रेडिट हुने र बिक्री गरेकाको हकमा उसको बैंक खातामा बिक्रीबापतको नगद रकम क्रेडिट हुनुपर्दछ । जस्तोः मंगलबार भएको शेयर कारोबारको सेटलमेन्ट बिहीबार दिउँसो हुने गर्दछ र सोही दिन साँझ शेयर किनेकाको हकमा उसको डिम्याट खातामा शेयर क्रेडिट हुने र बिक्री गरेकाको हकमा उसको बैंक खातामा बिक्रीबापतको नगद रकम क्रेडिट हुनुपर्ने नियम हो । तथापि यो नियम शेयर बजारमा भने पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन ।

कतिपय ब्रोकरले लगानीकर्ताको रकम केही दिन अड्काउने गरेका भेटिन्छन् भने शेयर हस्तान्तरणमा पनि ढिलासुस्त गरिरहेका पाइन्छ । उसो त कतिपय लगानीकर्ताले खरिद गरेको शेयरमा गर्नुपर्ने भुक्तान पनि ढिलाई नगरेका पनि होइनन् । 

केही समय अघि कर्पोरेट ब्रोकरका रुपमा आएको ब्रोकर नम्बर ७५ अर्थात् एनआईएमबी स्टक मार्केट्स लि.ले भने सेटलमेन्ट भएकै दिन शेयर बिक्री गरेका ग्राहकको पाउनुपर्ने रकम सोही दिन भुक्तानी गरिरहेको छ । यस्तै शेयर खरिद गरेका ग्राहकको हकमा पनि दोस्रो दिन सेटलमेन्ट भएको दिन नै ग्राहकको डिम्याट खातामा ट्रान्सफर गरेको छ । शेयर कारोबारमा टी प्लस २ को कार्यान्वयनमा नियामकीय निर्देशनको अक्षरशः पालना गर्दै ग्राहकलाई छिटोछरितो र चुस्त सेवा दिन कर्पोरेट ब्रोकर अग्रसर भइरहेका हुन् ।

प्रायः ब्रोकरेज फर्महरुबाट ढिलाई भईरहेका सन्दर्भमा ब्रोकर नम्बर ७५ अर्थात् एनआईएमबी स्टक मार्केट्स लि.ले भने सेटलमेन्ट भएकै दिन शेयर बिक्री गरेका ग्राहकको पाउनुपर्ने रकम सोही दिन भुक्तानी गरिरहेको सोही कम्पनीका सीईओओ युवराज भुसाल बताउँछन् ।

सीईओओ भुसालका अनुसार शेयर कारोबारमा लगानीकर्ताहरुलाई कर्पोरेट सेवा दिइरहेको दाबी गरे । उनका अनुसार भुक्तानी समयमै दिइरहेको बताए।

पुराना ब्रोकरले ३ दिनमात्रै रोक्दा अर्ब रुपैयाँ बढी रोक्का हुनसक्न बताउँदै कर्पोरेट ब्रोकरले आफ्नो गर्नुपर्ने काम र कर्तव्य पालना गरिरहेको भुसालले बताए । बिक्रीबापतको नगद होस् वा खरिद गरिएको तुरुन्तै ग्राहकको खातामा पठाउने प्रमुख काम नै ब्रोकरको भएको उनको बुझाइ छ । उनी भन्छन्,“पैसा रोक्का गर्ने काम ब्रोकरको कदापि हैन । ”

‘सेटलमेन्ट’कै दिन पैसा र शेयर ट्रान्सफर गर्दा लगानीकर्ताहरुलाई धेरै फाइदा त हुन्छ नै यसले बजारमा थप तरलता प्रदान गर्नसमेत सघाउ पुर्याउँदछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।