काठमाण्डौ । केही दिन यता सोना मिनरल्स एण्ड आयल लि.(सोना) मा लगानीकर्ता दीपेन्द्र अग्रवालको धमाकेदार ‘इन्ट्री’ भएको हल्ला फैलिरहेको छ ।
अल्ट्रा लो क्याप र लो क्याप कम्पनीको नाफा बुक गर्दै हाई क्याप कम्पनीमा दीपेन्द्र अग्रवालको धमाकेदार इन्ट्री भइरहेको हल्ला शेयर बजारमा फैलिरहेको हो । उनले दोस्रो बजारबाट सोनाको शेयर खरिद गरिरहेको हल्ला विस्तारै फैलिरहेको छ ।
अग्रवालको इन्ट्री दोस्रो बजार अन्तर्गत सोनामा भएको हल्ला फैलिएसँगै यो सातादेखि उक्त कम्पनीको मूल्यसमेत निरन्तर अघि बढिरहेको छ । हालसालै प्रतिकित्ता रु.४५८ सम्म झरेको उक्त कम्पनीको मूल्य आजसमेत बढेर रु. ४८७ सम्म पुग्यो । दोस्रो बजारमा अग्रवालको प्रवेश भएको भन्ने हल्ला फैलिएसँगै यो समाचार तयार पार्दासम्म ७६ हजार कित्ता बढी शेयर किनबेच भइसकेको नेप्सेले जनाएको छ ।
अर्थबिटले यसै विषय अन्तर्गत लगानीकर्ता दीपेन्द्र अग्रवालसँग जिज्ञासा राख्दा भने उनले सोनामा आफूले खरिद नगरेको बताए । “मैले किनेको भन्ने हल्ला झूटो हो ”,उनले संक्षिप्तमा भने ।