अब दाङबाट विभिन्न गन्तव्यका लक्जरी बसका टिकट बससेवामा

अर्थबिट २०८१-१२-१७ ०६:२२:०० बजे

काठमाडौँ । अब दाङबाट संघीय राजधानी काठमाडौँसहित विभिन्न मुख्य गन्तव्यमा सार्वजनिक बसबाट यात्रा गर्नेहरूका लागि अनलाइनमार्फत नै टिकट काट्ने सुविधा उपलब्ध भएको छ । 

त्रिसिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.द्वारा सञ्चालित लक्जरी बसहरूको टिकट घरमै बसेर अनलाइनमार्फत काट्न सकिने भएको हो । त्रिसिद्धेश्वरी बससेवामा आबद्ध भएसँगै यस कम्पनीका बसको टिकट बससेवामा उपलब्ध भएको हो ।

बससेवाले त्रिसिद्धेश्वरीका विभिन्न ६ वटा रुटमा चल्ने बसको टिकट आफ्नो अनलाइन प्लेटफर्ममार्फत काट्न सकिने जनाएको छ । दाङ–काठमाडौँ–दाङ, दाङ–पोखरा–दाङ, दाङ–दिल्ली, दाङ बुटवल, दाङ–वीरगन्ज र दाङ–प्युठान रुटको बस टिकट अब अनलाइमार्फत नै काट्न सकिने भएको हो । 

यो सेवाले यात्रुको समयसँगै टिकट शुल्कमा पनि बचत हुने बससेवाले जनाएको छ । बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो । कम्पनीले संघीय राजधानीबाट देशका सयौँ गन्तव्यमा चल्ने सार्वजनिक यातायातको टिकट अनलाइनमार्फत उपलब्ध गराउँदै आएको छ ।

कसरी काट्ने टिकट ?

मोबाइल एप ‘बससेवा’मा लगइन गरेपछि यात्रुले आफ्नो गन्तव्य, यात्रा मिति र समय छनोट गरी त्रिसिद्धेश्वरीको बसको सिट बुक गर्न सकिन्छ । अथवा, वेबपोर्टलमार्फत कुनै ब्राउजरमा बससेवा डटकम (bussewa.com) बाट पनि टिकट काट्न सकिन्छ । निलो रङ लागेको सिट खाली भएको संकेत हुनाले त्यसमध्ये आफूलाई पायक पर्ने सिट छानेर अनलाइन माध्यमबाट भुक्तानी गरेपछि टिकट बुक हुन्छ । बससेवाले एसएमएसबाट पनि टिकट सुनिश्चित भएको जानकारी गराउँछ । त्यसपछि प्राप्त हुने टिकट सुरक्षित राखेर त्यही देखाएर बसमा यात्रा गर्न सकिन्छ वा टिकट काटेको सुनिश्चित भएको एसएमएस पनि देखाउन सकिन्छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।