तरकारी बेच्ने कम्पनीको पनि आइपीओ आउँदै

अर्थबिट २०८२-०१-१६ १०:३३:०० बजे

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल र पैचो पसल बीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले “आइडिया टू आइपीओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत सुख्खानगर, बुटवल, रुपन्देहीमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसल प्रा. लि. लाई क्यापिटलको “आइडिया टू आइपीओ” सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र पैचो पसल प्रा. लि बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

पैचो पसल प्रा. लि. कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्तामाझ पु¥याउन सफल भएको छ । पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ । पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पु¥याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।

पैचो पसलले आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ । नेपालमा आधा भन्दा बढी जनसंख्या कृषि क्षेत्रमा संलग्न रहेको र यसले देशको कुल गार्हस्थ उत्पादनमा  करिब एक चौथाइ मात्र योगदान पु¥याइरहेको अवस्थामा, पैचो पसल जस्ता कम्पनीहरूलाई नेपाल सरकारले प्राथर्मिकतामा राखी यस क्षेत्रमा दीर्घकालीन र दिगो विकासको ढोका खोल्न अत्यन्तै आवश्यक देखिन्छ । पैचो पसललाई { UK’s Foreign, Commonwealth and Development Office (FCDO) को ] CASA Program बाट सक्रिय रूपमा सहयोग पु¥याई कम्पनीको क्षमता विकास, मूल्य सुदृढीकरण, र ग्रामीण उद्यमीहरूलाई वित्तीय पहुँच विस्तारमा केन्द्रित भई विशेष सहयोग प्राप्त भइरहेको छ । जसको लागी टु« नर्थ एसोशियट्स प्रा.लि.ले परामर्श उपलब्ध गराउदै आइरहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।