अत्याधुनिक नयाँ टीएमएसमा ब्रोकर नं ४४, आजैदेखि नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउने

अर्थबिट २०८२-०२-११ ०८:२६:०० बजे

काठमाडौं । डाइनामिक ब्रोकर (ब्रोकर नं ४४) एयर ट्रेडमा जोडिएको छ । अत्याधुनिक नयाँ टीएमएस संचालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा डाइनामिक ब्रोकरले आफ्नो टीएमएसलाई जोडेको हो ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको डाइनामिकले आईतबारदेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । डाइनामिकले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आज आईबारदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल डाइनामिक ब्रोकरमा करिव ४ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आज आईबारदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतलाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका बिशेषतहरुमाः

१ . मोबाईल भर्सन 

२.  वेब भर्सन 

३.  डेस्कटप भर्सन रहेको छ ।

अन्य अपरेसनल बिशेषतहरुमाः

१.  सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकरलाई भनी राख्नु नपर्ने ।

२. आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ।

३.  एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने ।

४.  अर्डर बास्केट ।

५.  आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने ।

६.  रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने ।

७.  सजिलो र छिटो अर्डर राख्न सकिने ।

८.  आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने ।

९.   लिन्क एन्ड डक फिचर्स भएको ।

१०.  मल्टी विन्डो फिचर्स भएको ।

११.  मल्टी एक्सचेन्ज फिचर्स भएको ।

१२.  सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको ब्यबस्था भएको ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।