काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रही एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रति इकाई अंकित मुल्य रु.१० दरका आठ करोड पैतिस लाख बिस हजार इकाई रहेको ‘एनआईसी एशिया ग्रोथ फण्ड’ नामक ७ वर्षे बन्दमुखी योजना मिति २०८१/११/२८ गते परिपक्व भएको क्यापिटले आग्रह गरेको छ ।
सोही सम्बन्धमा सामूहिक लगानी कोष नियमावली २०६७ को परिच्छेद ७, दफा ३२ (३) बमोजिम योजना खारेज गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि त्यस्तो स्वीकृति प्राप्त भएको तीन महिनाभित्र कोष व्यवस्थापकले त्यस्तो योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी सहभागीहरुलाई ईकाइको स्वामित्वको अनुपातमा भुक्तानी दिनु पर्ने व्यवस्था अनुरुप बोर्डबाट मिति २०८१/१२/१२ गतेको पत्र मार्फत उक्त एनआईसी एशिया ग्रोथ फण्डको खारेजी प्रक्रिया अघि बढाउन स्विकृति प्राप्त भए बमोजिम यस क्यापिटलले सो एन आई सी एशिया ग्रोथ फण्डको नाममा रहेको सम्पूर्ण सम्पत्तिलाई नगदमा परिणत गर्ने कार्य समाप्त भईसकेको र उक्त योजनाको हिसाव मिलान गरी इकाईधनीहरुलाई आउँदो आषाढ ९ गतेदेखि सम्बन्धित इकाईधनीको हितग्राही खातामा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा हुने गरी फिर्ता भुक्तानी गर्न लागिएको क्यापिटलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ।
उक्त योजनाको इकाई रहेको हितग्राही खातामा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नभएको वा परिवर्तन भएको खण्डमा अद्यावधिक गर्नका निम्तिसमेत क्यापिटले आग्रह गरेको छ ।
एनआईसी एशिया ग्रोथ फण्ड परिपक्व, यस्तो छ लगानीकर्ताले पाएको रिटर्नको ग्राफ