काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले ४ कम्पनीको नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ४ वटै कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले चन्द्रागिरी हिल्स लि.,स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर र रुरु जलविद्युत् परियोजनाको मूल्य समायोजन गर्दै नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।
नेप्सेले चन्द्रागिरी हिल्सको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् उक्त कम्पनीको शेयरमूल्य ८४३ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । त्यसैगरी नेप्सेले स्वाबलम्बन लघुवित्तको ५.६३६५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । मूल्य समायोजनपश्चात् उक्त कम्पनीको शेयरमूल्य ७२७ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।
यसैगरी मिड सोलु हाइड्रोपावरको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको छ । मूल्य समायोजनपश्चात् उक्त कम्पनीको शेयरमूल्य रु.७९८.२६ कायम गरिएको छ । अनि रुरु जलविद्युत् परियोजनाको १० प्रतिशत बोनस शेयर समायोजन गरेको छ । मूल्य समायोजनपश्चात् उक्त कम्पनीको शेयरमूल्य रु.६६०.९१ कायम गरिएको छ ।
बिहीबार सार्वजनिक बिदा भएकाले शेयर बजार बन्द हुनेछ । अब यी चारै कम्पनीको आइतबारबाट यही नयाँ मूल्यबाट कारोबार हुनेछ ।
यही समायोजित मूल्यका आधारमा आइतबार दोस्रो बजारमा चन्द्रागिरी हिल्स लि.,स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, मिड सोलु हाइड्रोपावर र रुरु जलविद्युत् परियोजनाको कारोबार खुल्नेछ ।