नेपाल टेलिकमको अनलाइन केवाईसी अपडेट सुरु

अर्थबिट २०८२-०९-२२ १५:००:०० बजे

काठमाण्डौ । नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण शुभारम्भ गरेको सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशन/प्रसारण गरिदिनुहुन अनुरोध छ ।

नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्यको परीक्षण शुभारम्भ गरेको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो । 

सो सम्बन्धी परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रुपमा गर्नुभयो ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भुमिका खेल्ने अपेक्षा गर्नुभयो । 

प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । 

दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।

यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले ग्राहक सेवा केन्द्रमा रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्ने छन् । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।

हाल पहिलो चरणको परीक्षणको क्रममा क्युआर कोडबाट स्क्यान गर्न सकिने अवस्था भएको र भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने व्यवस्था हुनेछ । 

पहिलो चरणमा दूरसञ्चार कार्यालय, सुन्धाराबाट परीक्षण प्रारम्भ गरिएको र सो परीक्षणको सफलता पश्चात क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय र उपत्यका वाहिरका कार्यालयहरुमा समेत यो सुविधा उपलब्ध हुनेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।