मेन्छियाम हाइड्रोको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

अर्थबिट २०८२-०९-२९ ०५:२२:०० बजे

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडले रु.१०० अंकित दरका ५४,२५,८३३ कित्ता शेयरले हुन आउने रकम रु.५४,२५,८३,३०० को १ः१ बराबर अर्थात रु.१०० दरका ५४,२५,८३३ कित्ता  हकप्रद शेयर निष्काशन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा मेन्छियाम हाइड्रोपावर लिमिटेडको तर्फबाट अख्तियार प्राप्त कम्पनी सचिव धन राज सुवेदी र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रामेन्द्र रायमाझीले हस्ताक्षर गर्नु भएको छ ।

एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित १९ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्ध सेवा मार्फत हाल सम्म रु.१८ अर्व ९४ करोड भन्दा बढी शेयर पूँजी रकम संकलन गर्न सफल भएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुको नाममा रहेको २९ वटा भन्दा बढी कम्पनीको संस्थापक समूहको शेयरको निष्काशन तथा बिक्री प्रवन्ध गरी करिव रु.२ अर्ब रकम संकलन गर्न सफल भएका छौं । साथै हाल क्यापिटलले २ वटा कम्पनीको प्राथमिक शेयर तथा ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा शेयर निष्काशनको लागि तयार गरेको विवरण पत्र पेश गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।