प्रफिट बुकिङ्गका कारण बजार करेक्सन फेजमा, परिसूचक २७ सय ५० सम्म झर्ने सम्भावना

अर्थबिट २०८२-१२-१५ ०९:४०:०० बजे

काठमाण्डौ । आइतबार शेयर बजारमा भारी अंकले गिरावट आएको छ । 

शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचक ७१ अंकले घटेको छ । गत साता २९ सय ५० पुगेको बजार आइतबार २८ सय ७९ आइपुग्यो । यो दिन १५.०३ अर्ब रुपैयाँ हाराहारीको शेयर खरिदबिक्री सम्पन्न भयो ।

 अर्थबिटले गत साता नै बजार २८ सय ओर्लिने कन्फर्म रहेको जिकिर गरेको थियो : बजार ३ हजार ब्रेक नभए २८ सय ओर्लिने निश्चित ! 

आइतबार २५५ कम्पनीको शेयरमूल्य घट्न पुग्यो । १ कम्पनीको भाउ स्थिर रहँदा १२ कम्पनीका शेयरमूल्य मात्रै बढे । 

सबै सेक्टरमा गिरावट आएको बजार एकदमै महत्वपूर्ण फेजमा छ । 

बजार २९ सय ६० बाट रिजेक्सन हुँदै आजको क्याण्डल ठूलो वियरिस रिजेक्सन बनेको छ । उच्च विन्दूबाट तीव्र गिरावट हुनुले प्रफिट बुकिङ्ग भएको संकेत गर्दछ । 

बजारले २९ सय २० देखि २९ सय ६० को रेसिस्टेन्स जोन बनाएको छ । बजारको सपोर्ट लेभल २८ सय ४० को क्षेत्र देखिन्छ । 

बजारले २९ सय ६० बाट रिजेक्सन भएसँगै बजार करेक्सनमा जाने सम्भावना उच्च छ । यदि २८ सय ४० लाई पनि ब्रेकडाउन गरेमा बजारले २७ सय ५० लाई टेष्ट गर्न सक्छ । 

यदि बजार २८ सय ४० होल्ड भई बजारले २९ सय २० लाई ब्रेक गर्दछ भने बजार ३ हजारमाथि जानसक्छ । 

परिसूचक २६ सयदेखि २७ सय हुँदाताका नै बजारमा ठूला लगानीकर्ताहरुको प्रवेश यसअघि नै भइसकेको छ । अहिले बजार डिष्ट्रीब्युसनका साथै आंशिक प्रफिट बुकिङ्गको फेजमा छ । 

अब यो बजारको तीव्र घटाईमा शेयर किन्नु त्यत्ति उपयुक्त हुँदैन । बजार २८ सय ४० देखि २७ सय ८० को सेरोफेरोमा शेयर खरिद गर्न उपयुक्त हुने देखिन्छ । यस्तो बेलामा अवसर छोप्न सके नाफाको सम्भावना हुनसक्छ । 

बजार अलिक शान्त हुन खोजेको देखिन्छ । बजार करेक्सन फेजमा गइसकेको छ । ट्रेण्ड निः सन्देश बजार बुलिस नै छ । यद्यपि प्यानिक हुने अवस्था चाहिँ बिलकुल हुँदै होइन । यस्तो बेला धैर्य र शान्त भई निर्णय गर्न उपयुक्त हुन्छ । 

 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।