अर्डरको बलमा म्यानुफ्याक्चरिङ्ग स्टक रकेटले उकालो लाग्यो, करिब तेब्बर प्रतिफल

अर्थबिट २०८२-१२-१८ ०४:०२:०० बजे

काठमाण्डौ । शेयर बजार छोटो समयमै करिब २०० अंकले गिरावट आएको छ तर बुक बिल्डिङ्ग प्रक्रियाद्वारा निष्कासन भएको रिलायन्स स्पिनिङ्ग मिल्स लि.को शेयरमूल्य भने रकेटको गतिमा उचाई चुमिरहेको छ । 

केही समयअघि नेप्सेमा सूचीकृत भएको रिलायन्स स्पिनिङ्ग मिल्स लि.ले छोटो समयमै प्रतिकित्ता रु.३ हजार नजिक पुगेको छ । लगातार दैनिक अपर पोजिटिभ सर्किट लाग्दै कम्पनीको शेयरमूल्य ३ हजारनजिक पुगेको हो । 

बुधबारसमेत रिलायन्सको एकैदिन -१० प्रतिशत) रु. २६७.९ वृद्धि भई रु. २९ सय ४७ पुग्यो । अरुबेला भन्दा आज-बुधबार) कम्पनीको सर्वाधिक कित्ता बजारमा खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार कम्पनीको बुधबार १३९ ट्रेडमा ५ हजार १२० कित्ता कारोबार भएको छ । 

निकै लामो लफडाका बाबजुद दोस्रो बजारमा सूचीकृत भई कारोबार भइरहेको रिलायन्समा सर्वसाधारणले प्रतिकित्ता रु. ८२०.४० मा खरिद गरेका थिए । सर्वसाधारणले हालको बजारमूल्यका आधारमा प्रतिकित्ता रु.२ हजार १४७ - कमिसन तथा लाभकरबाहेक) मुनाफा कमाउन सफल भएका छन् ।

रिलायन्सले कुल १ करोड ९० लाख कित्ता नेप्सेमा सूचीकृत गरेकोमा सर्वसाधारण शेयरको हिस्सा १०.१४ प्रतिशत अर्थात् १९ लाख २६ हजार ६६० कित्ता रहेको नेप्सेले जनाएको छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।