अब एनटीसीको पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सकिने

अर्थबिट २०८२-१२-१८ ०४:०८:०० बजे

काठमाण्डौ । नेपाल टेलिकमले निकट भविष्यमा थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै थ्रीजी सेवालाई फोरजीमा क्रमशः रूपान्तरण गर्ने कार्य अघि बढाएको छ । यस अनुसार थ्रीजी सिम प्रयोग गरिरहनु भएका ग्राहकहरूलाई सिम परिवर्तनका लागि भ्वाइस कल तथा एसएमएस मार्फत जानकारी गराइएको छ । 

सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नु हुनेछ । यसका लागि ग्राहकले पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ । 

फोरजीमा परिवर्तन गर्न ग्राहकले नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायत आफ्नो पहिचान खुल्ने कुनै आधिकारिक परिचयपत्रहरु देखाएर नयाँ फोरजी सिम लिन सक्नु हुनेछ ।

नेपाल टेलिकमले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा रुपान्तर गर्ने कार्यलाई तीव्र बनाएको छ । थ्रीजी भन्दा फोरजी प्रविधिको सिम चलाउँदा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा सुधार हुने भएकाले यसबाट ग्राहकलाई फाइदा हुने कम्पनीको विश्वास छ ।

यसका साथै आफ्नो सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444#  डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी (VoLTE) सेवा समेत सहजै सक्रिय गर्न सक्नु हुनेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।