एनबीए र अर्थमन्त्रीबीच भेटघाट,अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि सहकार्य हुने
काठमाण्डौ । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियूक्त माननीय अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गर्नु भएको छ ।
सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराउनु भयो ।...