आइपीओ निष्काशन गर्न अनुमतिका लागि इङ्गवा हाइड्रोपावर नेपाल धितोपत्र बोर्डमा
काठमाण्डौ।इङ्गवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न आज नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दिएको छ ।
असार १६ गते बिहीबार धितोपत्र बोर्डसमक्ष इङ्गवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न अनुमति माग्दै निवेदन दिएको हो ।
कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि रु.१०० अंकित दरका १८ लाख कित्ता शेयर अर्थात् १८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनका लागि बिहीबार...