नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाइमा लुम्बिनीमा अस्पताल निर्माणका लागि दुई अर्ब ५४ करोड लगानी गर्दै
काठमाण्डौ।नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाइ तथा नबिल बैंक लिमिटेडको सहभागितामा लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा १०० शय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटी अस्पताल निर्माण हुने भएको छ । सो अस्पताल निर्माण तथा सञ्चालनका लागि रु दुई अर्ब ५४ करोड बराबरको कर्जा स्वीकृत गरिएको छ ।
सो अस्पताल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रु एक...