आजदेखि ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन
काठमाण्डौ । ‘सानिमा फ्लेक्सी फण्ड’ को ईकाई बिक्री खुला गरिएको छ ।
‘सानिमा फ्लेक्सी फण्ड’ सर्वसाधारणहरुका लागि आज फागुन ६ गतेदेखि छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते सम्म इकाई बिक्री खुला हँुदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. ४ करोडसम्म लगानीका लागि आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी...