काठमाण्डौ । ‘सानिमा फ्लेक्सी फण्ड’ को ईकाई बिक्री खुला गरिएको छ ।
‘सानिमा फ्लेक्सी फण्ड’ सर्वसाधारणहरुका लागि आज फागुन ६ गतेदेखि छिटोमा फागुन ११ गते र ढिलोमा फागुन २० गते सम्म इकाई बिक्री खुला हँुदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. ४ करोडसम्म लगानीका लागि आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ ।
सानिमा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल लि. योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको “सानिमा म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौथो तथा पहिलो खुलामुखी योजना “सानिमा फ्लेक्सी फण्ड” संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट गत माघ ०२ गते प्राप्त भएको छ । यस योजनाको पहिलो चरणमा स्वीकृत आकार रु. १ अर्ब रहेको छ । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रति इकाई अंकित मूल्य रु. १० दरको १० करोड इकाई मध्ये ४०% अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जानकारी दिएको छ । उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात १ करोड पचास लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंक लिमिटेडलाई १३ प्रतिशत अर्थात एक करोड तीस लाख इकार्ई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख) इकाई सुरक्षित राखी बाँकी रहने आठ करोड पचास लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा दुई करोड पचास लाख) इकार्ई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिने बताइएको छ ।
यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचीकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ वमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरु मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ । जस अन्र्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सम मार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना (सिप) मार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।
सानिमा बैँक लि. को पूर्ण स्वामित्वमा रहि विगत ९ बर्षदेखि संचालनमा रहेको नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्ड अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजनाहरु समेत संचालनमा रहेको छ । जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र इकाईधनीहरुलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कुल बार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरीएको छ ।