सुनसरीमा महिला सञ्चारकर्मीको सशक्तीकरणका लागि सञ्चारिका समूह समिति गठन
इटहरी । महिला सञ्चारकर्मीको क्षमता विकास र सशक्तिकरणलाई केन्द्रमा राख्दै सुनसरीमा सञ्चारिका समूह समिति गठन गरिएको छ। मंगलबार सम्पन्न भेलाबाट रन्जना पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।
समितिको नेतृत्व अग्रसर र अनुभवी महिला सञ्चारकर्मीले सम्हालेका छन्। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित विभिन्न तहमा चयनित सदस्यहरू सक्रिय पत्रकारिता...