सुनसरीमा महिला सञ्चारकर्मीको सशक्तीकरणका लागि सञ्चारिका समूह समिति गठन

सरिता योन्जन २०८१-१२-२५ ०७:४६:०० बजे

इटहरी । महिला सञ्चारकर्मीको क्षमता विकास र सशक्तिकरणलाई केन्द्रमा राख्दै सुनसरीमा सञ्चारिका समूह समिति गठन गरिएको छ। मंगलबार सम्पन्न भेलाबाट  रन्जना पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

समितिको नेतृत्व अग्रसर र अनुभवी महिला सञ्चारकर्मीले सम्हालेका छन्। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित विभिन्न तहमा चयनित सदस्यहरू सक्रिय पत्रकारिता अभ्यासमा आवद्ध छन्। अर्थबिटकर्मी सरिता योन्जन पनि सञ्चारिका समूह समितिको सदस्यमा निर्वाचित भएकी छिन् ।  उनीहरूको संयोजनले स्थानीय सञ्चार क्षेत्रमा महिला सहभागिता र पहुँचलाई अझ बलियो बनाउने विश्वास लिइएको छ।

उनीहरूले महिला पत्रकारबीच आपसी सहयोग, सीप अभिवृद्धि, नेटवर्किङ र नीतिगत पहलकदमीमा जोड दिने बताएका छन्।

महासचिव सविता पोख्रेल (ज्योति) का अनुसार, समिति गठनले महिला सञ्चारकर्मीलाई एकजुट गर्दै व्यावसायिक क्षमता विस्तार र हक–अधिकारका सवालमा बलियो उपस्थिति जनाउने बताएकी छिन।

समिति गठनसँगै महिला पत्रकारितामा नयाँ ऊर्जा थपिएको महसुस भइरहेको छ। अबको यात्रामा संस्थागत रूपमै महिला सञ्चारकर्मीहरूको आवाज अझ स्पष्ट, सशक्त र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।