तामाङ युवा घेदुङ अध्यक्षमा लामा निर्विरोध निर्वाचित, २३ सदस्यीय नयाँ कार्यसमिति गठन

सरिता योञ्जन २०८१-१२-३० १०:०६:०० बजे

सरिता योञ्जन

काठमाण्डौ । नेपाल तामाङ समुदायको अग्रणी भातृ संगठन नेपाल तामाङ युवा घेदुङले आफ्नो सातौं संघीय अधिवेशन  २०८१ साल चैत्र ३० गते काठमाण्डौंको चाबहिलमा भव्य रूपमा सम्पन्न गरेको छ। 

उक्त भेलाले संघीय अध्यक्षमा घाम्बा लामालाई निर्विरोध निर्वाचित गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।

उक्त भेलामा बिभिन्न्न क्षेत्रबाट  प्रतिनिधित्व गर्दै आएका युवाहरूको उत्साहजनक सहभागिता देखिएको थियो। सहभागीहरूको सर्वसम्मत समर्थनका आधारमा घाम्बा लामालाई नेतृत्व सुम्पिएको हो। लामो समयदेखि तामाङ समुदायको हक, हित र पहिचानको संरक्षणका लागि क्रियाशील थिए लामा ।

नव-निर्वाचित अध्यक्ष घाम्बा लामाको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ। जसमा विभिन्न प्रदेश र क्षेत्रहरूबाट प्रतिनिधित्व समावेश गराइएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा वरिष्ठ तामाङ व्यक्तित्वहरू, पूर्व अध्यक्षहरू, सांस्कृतिक तथाअभियन्ताहरू प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।