बोर्डद्वारा साढे ४० करोड रुपैयाँको आईपीओ निष्काशनको स्वीकृति, १ अर्बको खुलामुखी म्युचुअल फण्ड आउने
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज थप नयाँ २ कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ)का लागि स्वीकृति दिएको छ ।
आज बिहीबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मस्युटिकल्स लि. गरी २ कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिइएको बोर्डले जानकारी दिएको हो ।
प्रति कित्ता रु. १०० का दरले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको २२ लाख ५० हजार र ओम...