काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज थप नयाँ २ कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ)का लागि स्वीकृति दिएको छ ।
आज बिहीबार क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेघाश्री फर्मस्युटिकल्स लि. गरी २ कम्पनीलाई आइपीओ निष्काशनका लागि स्वीकृति दिइएको बोर्डले जानकारी दिएको हो ।
प्रति कित्ता रु. १०० का दरले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको २२ लाख ५० हजार र ओम मेघाश्री फर्मस्युटिकल्स लि.को १८ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको छ । उक्त कम्पनीहरुको निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा क्रमशः एनआईएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।
यसैबीच बोर्डले आज नै सामूहिक लगानी योजनातर्फ सानिमा फ्लेक्सी फण्ड(खुलामुखी योजना) लाई समेत स्वीकृति दिएको छ । प्रति ईकाई मूल्य रु.१० का दरले १० करोड ईकाई निष्काशनका लागि बोर्डले योजनाको व्यवस्थापकका रुपमा सानिमा क्यापिटल लि. रहेको छ ।